नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म ९८ कर्मचारी (सूचनासहित)

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ फागुन ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

प्राधिकरणले शुक्रबार सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका ९८ जना पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागे भएको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा आवेदन खुलाएको हो ।

त्यस्तै प्राधिकरणले एभिएशन फायर सर्भिसेसतर्फ १७ जना प्राविधिक सहायक मागेको छ । प्राधिकरणले चैत १ गतेसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म फाराम भर्न सकिने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्