उपत्यकासहित केही ठाउमा हल्का वर्षा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० फागुन । काठमाडौं उपत्यकासहित केही भेगमा हल्का वर्षा भएकाे छ ।

काठमाडौं, ललितपुर, पाल्पा र दाङका केही स्थानमा छिटपुटदेखि हल्कापानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही भेगहरुमा भने आज असिना पानी समेत परेको छ।

आज बिहान कोशी र मधेश प्रदेशका केही स्थानमा पनि पानी परेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात भइरहेको छ।

पश्चिमी वायूको प्रभाव भोलिबाट भने कम हुने र सामान्यतया मौसम सफा रहने मौसविद्ले बताएका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्