आज देशभर सार्वजनिक बिदा

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १ कात्तिक।।सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । उनको निधनको शोकमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने समेत निर्णय भएको गृहले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्