नवाज शरीफ र छोरीको जितविरुद्ध इमरान खानको पार्टी उच्च अदालतमा

खबर बुक
  • ख-
  • ख+

 इस्लामबाद, २८ माघ । इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ‍( पीटीआई) ले पीएमएल–एनका सर्वोच्च नेता नवाज शरीफ र उनकी छोरी मरियम नवाजको जितविरुद्ध उच्च अदालतमा निवेदन दिएको छ ।

पीटीआईले शनिबार अबेर लाहोर उच्च अदालतमा पीएमएल एन नेताहरूको विजयलाई चुनौती दिदैैँ सो मुद्दा दर्ता गराएको हो । उनीहरुले धाँधली गरेर छोरी मरियमलाइ बिजेता घोषित गरेको आरोप लगाएका छन । 

निर्वाचन आयोगले मतगणनाको क्रममा उचित प्रक्रिया नराखेको पीटीआईले जनाएको छ । चुनाव हारेका पीटीआई समर्थित उम्मेदवारहरूले दावी गरे कि पाकिस्तानको निर्वाचन आयोगले नवाज र मरियमलाई नक्कली नतिजाको आधारमा विजयी घोषणा गरेको छ ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्