सरकारद्धारा बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ माघ ।सरकारले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याएर व्यवसायी अरुण चौधरीलगायतलाई उन्मुक्ति दिने गरी प्रक्रिया थालेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाण्डौले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ ।

अहिले चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिनभित्र आफैँ वा वारेसमार्फत् उपस्थित हुन मालपोत कार्यालयले पत्र काटेको हो ।

चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले कीर्ते र ठगीमा अनुसन्धान गरिरहेको बेला मालपोतले जग्गा फिर्ता ल्याउने प्रक्रिया थालेको हो ।

मालपोतले प्रतिवादीलाई २१ दिनभित्र उपस्थित नभए कानुनअनुसार जग्गा सरकारका नाममा ल्याउन स्वतः प्रक्रिया अघि बढ्ने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्