आईटी क्षेत्रमा अनियमितता भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा सरकारको ध्यानाकर्षण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ माघ। सूचना प्रविधि (आईटी) को क्षेत्रमा एकपछि अर्को अनियमितता भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यससम्बन्धी खरिद तथा सञ्चालनमा सजगता अपनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मार्फत सबै संघीय मन्त्रालयहरु, प्रदेश सरकार र स्थानीय तहहरुलाई समेत यसबारे परिपत्र गर्न भनेको छ ।

मुलुकको सीमित स्रोतसाधनको अत्यधिक दोहन गरी सूचना प्रविधिसँग सम्बन्धित खरिदमा बेथिती देखिएको र उजुरीहरुको विश्लेषण गर्दा भ्रष्टाचारको प्रवल सम्भावना रहेको भन्दै अख्तियारले सरोकारवालालाई १० बुँदे ध्यानाकर्षणपत्र पठाएको हो ।

सूचना प्रविधि क्षेत्र क्लिष्ट र प्राविधिक हुने अनि यसमा आम सर्वसाधारणको चासो पनि नहुने अवस्थाको फाइदा उठाउँदै स्वार्थ समूहले जथाभावी काम गरेको र राज्यकोषमा नोक्सान देखिएको भन्दै अख्तियारले यसवारे नीतिगत सुधार हुनुपर्ने औंल्याएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्