निन्द्रामा किन हुन्छ ऐंठन, बच्ने कसरी?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २२ । हामी निद्रामा हुँदा कुनै बेला हाम्रो शरीरमा गह्रौ वस्तुले थिचेजस्तो महशुस हुन्छ। जसलाइ हामी बोलिचालिको भाषामा ऐंठन भन्छौं।

ऐंठन भएका बेला हामीलाई सबै कुरा थाहा भएपनि शरीर हलचल गर्न सक्दैनौं। व्यक्ति बौद्धिक रुपमा सक्रिय भएपनि शरीरलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न नसक्ने हुन्छ। यस्तो समस्या पूर्ण रुपमा निदाउन नसकेको अवस्थामा हुने गर्छ।

यस्तो समस्याले धेरै व्यक्तिलाई पिरोलिरहेको हुन्छ।

ऐंठनका कारण

छातीरोग तथा क्रिस्टल केयर विशेषज्ञ डा. सुवास चन्द्र यादवका अनुसार ‘स्लिपिङ प्यारालाइसिस’ रोग नभएर एक शारीरिक समस्या हो। सुतेको समयमा हुने यस्तो प्यारालाइसिस सुताइसँगसम्बन्धित विभिन्न कारणले देखापर्छ। उक्त समस्या मानसिक स्वास्थ्यसँग पनि सम्बन्धित हुने डा. यादव बताउँनु हुन्छ ।

यससँगै अफ्ठ्यारो गरी सुत्दा, सुत्ने समय नमिल्दा, निद्राको कमी, डरलाग्दो सपना, सुतेको बेला खुट्टा बाउँडिनु, विभिन्न औषधिको अत्याधिक प्रयोग र मानिसक चिन्ता बढी लिनाले ‘स्लिपिङ प्यारालाइसिस’ हुन्छ।

बच्ने उपाय र रोकथाम

कुनै–कुनै समयमा देखिने यो शारीरिक समस्या क्षणिक रुपमा मात्रै देखापर्छ। यसकारण उक्त समस्याले शरीरमा ठूलो प्रभाव नपर्ने डा.यादवकाे भनाइ छ ।

यदि यस्तो समस्याबाट ग्रसित छ भने त्यस्तो व्यक्तिले आफू सुत्ने समय तालिकालाइ सही तरिकाले अबलम्बन गर्नुपर्छ। साथै धेरै चिन्ता नलिने, ठिक समयमा सुत्ने र आफ्नो सुताइको आसन परिवर्तन गर्न जरुरी हुन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्