एमाले घोषणापत्रमा केन्द्रित

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ३० असोज।।संसदीय निर्वाचन नजिकिएसँगै प्रमुख प्रतिपक्षी एमाले घोषणापत्र निर्माणमा केन्द्रित भएको छ ।

घोषणापत्रलाई अन्तिम रूप दिन एमाले अध्यक्ष केपी ओली शनिबार ललितपुरको लाँकुरीभन्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’ पुगेका छन् । मस्यौदालाई अन्तिम रुप दिन ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाको सहयोग लिइरहेका छन् ।

एमालेले तीन दिनभित्र घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्रियता, सुशासन, समृद्धि, रोजगारी अभिवृद्धि, भ्रष्टाचार नियन्त्रणजस्ता विषयलाई मुख्य एजेन्डा बनाउँदै एमालेले निर्वाचन घोषणापत्रलाई अन्तिम रूप दिने तयारी गरेको हो ।

एमालेले २६ साउनमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो । अध्यक्ष ओलीको संयोजकत्वमा रहेको कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्