कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

कैलाली, २८ असोज । कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय दुर्गा ओझा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।

आज बिहान साढे ३ बजे से ६ प ३९ ३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट नालामा खसेको जिल्ला प्रहरी काार्यालय कैलालीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्