सेबोनले माग्यो कर्मचारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ असोज । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी माग गरेको छ । विभिन्न पदमा दरखास्त खुलाइएको छ । सेबोनले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो ।

जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरिएको छ । सेबोनले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ ।

इच्छुक उम्मेदवारले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ । परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्