सरकारको नेतृत्वकाे बिषयमा छलफलको कुनै आवश्यकता छैनः प्रवक्ता शर्मा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ पुस । नेपाल सरकारका प्रवक्ता एवम संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको नेतृत्वकाे बिषयमा छलफलको कुनै आवश्यकता नरहेको बताउनुभएको छ ।

आइतबार प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले सम्झौता अनुसार नै माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहने र नेतृत्व परिवर्तन बारे छलफल नभएको तथा आवश्यकता र स्थिति पनि नभएको बताउनुभयो । शर्माले गठबन्धन बीच भएको सम्झौता अनुसार सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभयोे सरकारले एक वर्षपूरा गरेको र अब गियर परिवर्तन गरेर सरकारको गति बढाउने गरी प्रधानमन्त्रीले काम गरिरहनुभएको उहाले बताउनुभयो । त्यस्तै उहाले सामाजिक सुरक्षालाई सबै तहमा लागू गर्ने सरकारको नीति भएकाले सरकारी निकाय तथा संस्थानहरुमा समेत यसलाई प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले विगतका सरकारका कारण वर्तमान सरकारलाई दायित्व बढेको बताउदै अहिले सरकारले दिनुपर्ने बक्यौता र भुक्तानीहरु दिन शुरु गरिसकेको र चाडै नै निर्माण व्यवसायीहरुले भुक्तानी पाउने जिकिर गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्