उदयपुर, ८ पुस । उदयपुर सदरमुकाम गाइघाटमा त्रियुगा ट्र्याक्टर ढुवानी ब्यबसायी आन्दोलित भएका छन ।
त्रियुगा नगरपालिकाले गरेको ढुङ्गा, गिट्ट, बालुवाको गुणस्तरहिन र अव्यावहारिक घाटगद्धीको बिरोधमा उनीहरु आन्दोलित भएका हुन ।
त्रियुगा नगरपालिकाले नदिजन्य पदार्थको उत्खनन तथा बिक्रीबितरणका लागि पटक पटक ठेक्का आव्हान गर्दा समेत ठेक्का नलागेपछी एक द्वार प्रणाली मार्फत एकैठाउमा घाटगद्धी गरी निकासी गर्ने निर्णय गरेपछी त्रियुगा ट्र्याक्टर ढुवानी ब्यबसायी आन्दोलित भएका हुन ।
जिल्लाको सदरमुकाम समेत रहेको गाइघाटमा रहेका सम्पूर्ण ट्र्याक्टर ढुवानी ब्यबसायी आन्दोलित भएपछी सदरमुकाम गाइघाटमा निर्माण कार्य समेत ठप्प भएको छ ।
उनिहरुले त्रियुगा नगरपलिकाले आगामि वर्षहरुमा भाद्र महिना भित्रै खोला ठेक्का लगाउने विषयलाइ प्राथमिकतामा राखि आवश्यक प्रकृया अगाडि बढाउनु पर्ने, ढुङ्गा, गिट्ट, बालुवाको गुणस्तरहिन र अव्यावहारिक घाटगद्दी गर्ने गरिएको निर्णय फिर्ता लिनुपर्ने लगाएतका माग अघि सारेका छन् ।
नगरले एकैठाउमा नदिजन्य पदार्थ घाटगद्दी गरेर सर्वसाधारणलाई समेत खोला पस्न निषेध गरेपछी ब्यबसायी आन्दोलित भएका हुन । यद्धपी नगरपालिकाले भने एकैठाउमा घाटगद्दी गरी अमानतमा ढुङ्गा, गिट्ट, बालुवाको बितरण गर्दा नगरपालिकालाई सहज हुने देखिएकोले यस्तो निर्णय गरेको जनाएको छ।
नगरले नदिजन्य पदार्थको उत्खनन तथा बिक्रिबितरणमा गरेको गलत निर्णय नसच्याए ढुङ्गा, गिट्ट, बालुवा संग आश्रीत श्रमजिविहरु समेत आन्दोलित हुने उनिहरुले बताएका छन











