जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्रीको तयारी

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन्।

जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुबारे छलफल गर्न प्रधानमन्त्री देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन् ।

जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

गठबन्धनबाट बाहिरिएर जसपाले एमालेसँग १७ सीटमा तालमेल गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्