हाल देशभर आंशिक देखि सामान्य बदलीको सम्भावना,राजधानीमा चिसो बढ्यो

खबर बुक
  • ख-
  • ख+

८ पुस, काठमाडौं । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौँ उपत्यकामा हिजो को तुलनामा आज बिहानीपख चिसो केही बढेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बिहान ६:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो।

राती : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदलीको सम्भावना रहको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्