क्रिसमस मनाउन राक्सिराङ्ग गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा

खबर बुक
  • ख-
  • ख+

पुस ७,  काठमाण्डाै । इसाई धर्मावलम्बीकाे पर्व क्रिसमस मनाउन मकवानपुरकाे राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएकाे छ ।

गाउँपालिकाले आज शनिवार एक विज्ञप्ति निकालेर क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएकाे जानकारी गराएकाे छ ।

यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्