गुल्मीमा एक महिनादेखि हराएका वृद्ध मृत भेटिए

खबर बुक
  • ख-
  • ख+

गुल्मी, ७ पुस । एक महिनादेखि हराएका व्यक्ति मृत फेला परेका छन् ।

जिल्लाको रेसुंगा नगरपालिका(७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

चुँदाराको शव अर्जुन डाँडाको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० डिल्लीनारायण पाण्डेले बताए । चुँदारा गत मंसिर १ मा घरबाट केही नभनी हिँडेका थिए ।

उनको खोजी गरिदिन परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए । चेतमानको शव पोष्टमार्टमका लागि गुल्मी अस्पातलमा ल्याउने तयारी भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्