विगत साउनयता गण्डकीका ७५ जनाको वैदेशिक रोजगारीमा मृत्यु

खबर बुक
  • ख-
  • ख+

७ पुस, काठमाडौं । गत साउनदेखि कात्तिकसम्म वैदेशिक रोजगारीमा रहेका कास्कीका मात्र ११ जनाको मृत्यु भएको छ ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेहरुको भयावह स्थिति तथ्यांकले देखाएको छ ।  वैदेशिक रोजगारीमा रहेका गण्डकी प्रदेशका ६५ जनाको साउनयतामात्र मृत्यु भएको छ ।

मंसिरमा थप १० जनाको मृत्यु भएको तथ्यांक रहेको सुरक्षित आप्रवासन परियोजना (सामी) परियोजनाकी प्रदेश कार्यक्रम व्यवस्थापक उमा शर्माले बताइन् ।

सबैभन्दा धेरै नवलपुरका १६ जनाको मृत्यु भएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्