चितवनमा गाडी दुर्घटना, ७ जना घाइते

खबर बुक
  • ख-
  • ख+

७ पुस, काठमाडौं  । चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

चितवनको राप्ति नगरपालिका-१२ भञ्ज्याङमा गएराति ८ बजे भण्डारबाट कालिटार जाँदै गरेको बा १९ च ४५६२ नम्बरको गाडी सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा ७ जना घाइते भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

घाइतेहरूको भरतपुर अस्पताल र भण्डारा अस्पतालमा उपचार भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्