देशभर आंशिक बदली तर मौसम सामान्यतया सफा, दिउँसाे पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

खबर बुक
  • ख-
  • ख+

७ पुस, काठमाडौं । हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदलीको सम्भावना रहको छ।देशको तराईका केहि भूभागमा हुस्सु लागेको छ।हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्