काठमाडौं , ६ पुस । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तिलक राज पाण्डेय नियुक्त भएका छन्।
बैंकको ६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए।
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन दिएका १९ जनामध्ये संक्षिप्त सूचीमा ५ जना छनोट भएका थिए।
संक्षिप्त सूचीमा परेका ५ जनाको अन्तर्वार्ता आगामी बुधबार भएको थियो। ५ जनामा सूचीमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, धुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) चयन भएका थिए।
जसमध्येबाट पाण्डेयलाई नियुक्त गरिएको नेपाल बैंकले जनाएको छ।











