नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई थप समृद्ध बनाउन विज्ञहरुसंग छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , ६ पुस ।  प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ का बिषयमा विज्ञसँग छलफल गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले विधेयकलाई थप समृद्ध बनाउन शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरुसंग छलफल गरेको हो । बैठकमा बिज्ञहरुले विधेयकमा विश्वबिद्यालय सञ्चालनमा गुणस्तरीयता, स्वायत्तता र विज्ञताका बिषयलाई प्राथमिकताका साथ राख्नुपर्नेमा जोड दिएका थिए ।

विश्वविद्यालयको पूर्वाधार निर्माण विकास समितिका सदस्य डा सूर्यराज आचार्यले विश्वविद्यालयहरुमा लागु गर्ने पाठ्यक्रम सिपमूलक हुनुपर्ने बताउनुभयो । उहाले नेपालका बिश्वबिद्यालयले मौलिक शिक्षा प्रदान गर्दै युवाहरुलाई स्वदेशमा नै परिचालन हुने अवस्था बनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा शिक्षामन्त्री अशोक कुमार राईले नेपालमा भएका विश्वबिद्यालय र आवश्यकताका सम्दर्भमा छलफल गर्दा व्यवस्थीत बनाउने गरि कानून निर्माण गर्ने सुझाव आएको जिकिर गर्नुभयो । उक्त विधेयक यसअघि नै आएकाले अव समानुकुल संशोधनका साथ अघि बढाउनुपर्ने उहाले बताउनुभयो ।

विधेयकमा प्राप्त सुझावहरुलाई अध्ययन गरि आवश्यकताका आधारमा समावेश गर्दै विधेयकलाई अघि बढाइने समितिले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्