एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिन्छुः प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ पुस ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताउनुभएको छ ।

 सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माण सम्पन्न चार सय केभी. इनरुवा जीआईस सबस्टेसन उद्घाटनको क्रममा आज उहाँले यस्ताे बताउनु भएकाे हाे । 

उहाँले प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढङ्गबाट क्रमभङ्ग गर्ने कोसिस गरिरहेको बताउनु भयो । अबको निर्णय नागरिकको साथमा हुने उहाँले बताउनु भयो । उहाँले नागरिककाे निरासा चाँडै नै आशामा परिणत हुने दाबी समेत गर्नुभयो ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको चार सय केभी. इनरुवा जीआईस सबस्टेसन नेपालकै दोस्रो ठूलो सबस्टेसन हो । प्रधानमन्त्री प्रचण्डले ४००/२२०/१३२/३३ केभी क्षमताको सबस्टेशनकाे उद्घाटन गर्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्