६ पुस, विराटनगर ।नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार दुई खेल हुँदैछ। दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा पोखरा थण्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
यसैगरि साँझ ५ बजे हुने खेलमा चौथो स्थानको झापा फुटबल क्लबले पुछारमा रहेको चितवन एफ.सीको सामना गर्नेछ ।
शीर्ष स्थानको पोखरा सात खेलबाट १४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। यो खेलमा जित निकालेमा ऊ सोझै फाइनल पुग्नेछ।
चौथो स्थानको झापा शुक्रबारको खेलमा जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ। यो खेल जितेर उसलाई शीर्ष चारमा स्थान पक्का गर्ने अवसर छ।











