हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
आगामी साताको मौसमी सारांश : • साताको शुरुमा पश्चिम वायूको सामान्य प्रभाव तथा मध्य र अन्त्यमा आंशिक प्रभाव रहेनेछ ।
सुदूर-पश्चिम प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागमा साताको शुरुमा थोरै स्थानहरुमा तथा मध्य र अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । सुदूर-पश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा साताको शुरुमा एक-दुई स्थानमा फाटफुट देखि हल्का बर्षाको रहेको छ ।
कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागमा साताको शुरु तथा मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना।
देशका तराईका भू-भागमा साताभर हल्का हुस्सु/कुहिरोको सम्भावना छ । उक्त हुस्सु/कुहिरो मध्यान्न सम्ममा/पछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।
देशका अधिकांश स्थानहरुमा अधिकतम र न्यूनतम तापक्रममा हल्का गिरावट आउने सम्भावना रहेको छ।
न्युज कारखाना











