माइतीघरमा प्रदर्शन गर्ने १५ जना मानव अधिकारवादी पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाण्डाै, पुस ५ ।  प्रहरीले राजधानीमा प्रदर्शन गरिरहेका एक दर्जन बढी मानवअधिकारवादीहरुलाई पक्राउ गरेको छ ।

आज मानवअधिकार तथा शान्ति समाजको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रदर्शनबाट १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मानव अधिकारवादीहरुले एनसेल घोटाला प्रकरणमा न्यायिक छानविन आयोग गठन गर्नुपर्ने, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्