रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, पुष ४ । रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्