ट्रम्पलाइ अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतद्धारा राष्ट्रपति पदका लागि अयोग्य घोषित

खबर बुक
  • ख-
  • ख+

४ पुस, काठमाडौं । संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानमा विद्रोहको उपधारा उद्धृत गर्दै २०२४ को राष्ट्रपतीय निर्वाचनको दौडबाट बाहिर निकालेको छ। 

अमेरिकी संविधानको विद्रोहको उपधारा उद्धृत गर्दै २०२४ को राष्ट्रपतीय निर्वाचन लड्न ट्रम्प अयोग्य रहेको फैसला अदालतले सुनाएको हो। 

अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहर गरिएको यो पहिलो पटक हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्