सामबहादुरले पनि कमायो विश्वब्यापी १ सय करोड, घरेलु थिएटर मात्रै ८० करोड कमाई

खबर बुक
  • ख-
  • ख+

मुम्बइ, ४ पुस । बिक्की कौशल स्टारर फिल्म  ‘साम बहादुर’ रिलिज भएको १९ दिन भैसकेको छ ।

थिएटरमा रणवीर कपूरको ‘एनिमल’ सँग भिडन्त भए पनि फिल्मले उत्कृष्ट ओपनिङ गरेको थियो र दिनहुँ राम्रो कमाइ गरिरहेको छ। 

यो फिल्मले विश्वभरको कमाइ १०० करोड पार गरिसकेको छ र अब घरेलु बक्स अफिसमा पनि १०० करोडको कमाईमा अघि बढिरहेको छ । तर अहिले चलचित्रको व्यापार घट्न थालेको देखिन्छ ।

सकनिल्कको रिपोर्ट अनुसार फिल्मले १८ औं दिन १ करोड ६ लाख रुपैयाँ कलेक्सन गरेको थियो भने प्रारम्भिक तथ्यांक अनुसार फिल्मले १९ औँ दिन १ करोड ९ लाख रुपैयाँ कमाएको छ ।

‘सामबहादुर’ले १९औं दिनको कमाईबाट हालसम्म ७९ करोड २९ लाख भारतीय रुपैयाँ कमाएको छ । अहिले यो फिल्मले बिस्तारै सय करोडको कमाई गरिरहेको छ । 

उता, सामबहादुरसँग रिलिज भएको चलचित्र ‘एनिमल’को कुरा गर्दा अहिले पनि दिन प्रतिदिन राम्रो कमाइ भइरहेको छ । १९ औं दिन पनि फिल्मले ४.२३ करोड कमाएको छ भने घरेलु बक्स अफिसमा फिल्मको कुल कलेक्सन ५२२.१७ करोड पुगेको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्