नेकपा एसको जिल्ला अधिवशेन स्थगीत गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, पुष ३ । नेकपा एकीकृत समाजवादीले पार्टीको जिल्ला अधिवशेन स्थगीत गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकले पार्टीको राष्ट्रिय सम्मेलनले पछि मिति तोक्ने गरि हाललाई जिल्ला अधिवशेन स्थगीत गर्ने निर्णय गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै सचिवालय बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको उहाले बताउनुभयो । सचिवालयको अर्को बैठक शनिबार बस्ने र विधान संशोधन प्रस्तावमाथि छलफल हुने श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन बिभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सोमबार सचिवालय बैठकमा संशोधन प्रस्ताव पेश गरेको थियो ।

समाजवादीले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्