बलात्कार आराेपमा दुईजना पक्राउ

खबर बुक
  • ख-
  • ख+

खोटाङ, ३ पुस ।  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई  प्रहरीले पक्राउ गरेको छ । सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट राखावाङदेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर षडानन्द नगरपालिका-१३ मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई मंसिर २८ गते साँझ सोही ठाउँस्थित कोदोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्