एनसेलको सेयर खरिद–बिक्रीको विषयमा सरकार गम्भीर छ: प्रधानमन्त्री

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । 

मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका हुन् । 

आफू विदेशमा हुँदा यसबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै उनले  एनसेलको सेयर मूल्यांकन न्यून भएको र कल छलीको विषयमा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई छानबिन गर्न निर्देशन दिएको बताए । 

साथै यसबारे छानबिन गर्न समिति बनाएको बताउँदै उनले समितिले विदेशी लगानीमा पर्ने असर, राजस्वमा पर्ने असर लगायतका विषयमा ३० दिनभित्र अध्ययन गरेर सुझाव तथा रायसहितको प्रतिवेदन दिने बताए । 
 न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्