मंगलबार सुनको मूल्य बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ पुस ।नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढे पनि चाँदीको भने घटेको छ। 

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेको हो।

मूल्य बढेसँगै मंगलबार नेपाली बजारमा छापावाल सुनको कारोबार १ लाख १८ हजार रुपैयाँमा भइरहेको छ। त्यस्तै, तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।

सोमबार नेपाली बजारमा छापावाल सुन १ लाख १७ हजार ८ सय र तेजावी सुन १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्