काठमाडौं, ३ पुस ।विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधुको निःशुल्क विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा सामुहिक विवाहको कार्यक्रम आयोजना गरिएको हो ।
भगवान श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामुहिक निःशुल्क विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ ।सामुहिक शुभ विवाहका लागि लगन आवश्यक नहुने हुँदा शुभविवाहको आयोजना गरेको परिषद्ले जनाएको छ ।











