देउवा बिरुद्ध उजुरीको आज २ बजेसम्म जवाफ दिनुपर्ने

खबर बुक
  • ख-
  • ख+

डडेलधुरा, २५ असोज । फरक फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।

नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीवारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसिमा दिईएको छ ।

देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजरीमा देउवाले आज २ बजेसम्म जवाफ दिईसक्नु पर्नेछ ।

डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार देउवा माथी परेको उजुरी उपर स्पष्ट पार्नका लागि निर्वाचन कार्यालयले आज दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । देउवा बिरुद्ध सोमवार उजुरी परेको थियो ।

सूचना पाटीमा टाँसिएको व्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नु पर्नेछ । प्रधानमन्त्रीसमेत रहेको देउवाले पत्नी आरजु राणालाई वारेस बनाएर आइतवार उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्