काठमाडौं, पुष २ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका संविधानसभा सदस्य आङटावा शेर्पालाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत पाटनलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।
आफूलाई थुनामा राख्ने उच्च अदालत पाटनको आदेश बदर हुनुपर्ने माग राख्दै शेर्पा सर्वोच्च अदालत पुगेका थिए । सोमबार न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासले शेर्पाको हकमा ‘कैफियत प्रतिवेदन पेश गर्न’ आदेश दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका शेर्पालाई १५ मंसिरमा उच्च अदालत पाटनले सदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो ।











