पीएम कप क्रिकेट : सुदूरपश्चिम छनोट पुस ८ देखि शुरू हुने

खबर बुक
  • ख-
  • ख+

२ पुस, काठमाडौं ।प्रधानमन्त्री (पीएम) कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही पुस ८ गते शुरू हुने भएको छ। 

बैतडीमा प्लेट च्याम्पियनसिप, कैलालीमा इलिट च्याम्पियनसिपका खेल हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए।

प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम  सहभागी हुनेछन्। 

गत वर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्