काठमाडौं, पुष १ । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले दिएको राजीनामा स्वीकृत गरेर साहलाई निमित्तको जिम्मेवारी तोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले जनाएको छ ।
निगमका कार्यकारी निर्देशकमा १५ महिना कार्यकाल बाँकी हुँदै २६ मंसिरमा थानीले पदबाट राजीनामा दिएका थिए ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले निगमका कार्यकारीबाट उमेश थानीले दिएको राजीनामा स्वीकृत भएको बताउनुभयो ।











