बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, पुष १ । बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा तीन पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिका गाइरहेको ट्र्याक्टर बडिमालिका नगरपालिका २ भौनेराखडिगाड नजिक दुर्घटना भएको थियो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्