सर्वाेच्च अदालतका दुई जना न्यायधीशको संसदीय सुनुवाइ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, पुष १ । संसदीय सुनुवाई समितिले सर्वाेच्च अदालतका दुई जना न्यायधीशको संसदीय सुनुवाइ गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको बैठकले प्रस्तावित सर्वोच्चका प्रस्तावित न्यायाधीश उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाई गरेको हो । सो क्रममा पौडेल र ढुङ्गानाले भावि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाँचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारितामा उहाहरुले प्रतिवद्धता जनाउनुभएको थियो ।

त्यस्तै फरक मुद्दा पद्धतिको प्रभावकारी कार्यान्वयन, अदालतबाट भएका फैसलाको कार्यान्वयनको सुनिश्चिता, पीडित क्षतिपूर्ति प्रणालीको प्रभावकारी कार्यान्वयन पहल गर्ने विषयमा पनि उहाहरुको जोड थियो ।

यसअघि सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ भने सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको आगामी बैठकमा सुनुवाइ हुने समितिले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्