जनकपुरधाममा आज दर्शनार्थी घुइँचो

खबर बुक
  • ख-
  • ख+

१ पुस, काठमाडौं । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत जनकपुरधाममा आज राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ ।

यसका लागि जानकी मन्दिरको प्रांगण सजाइएको छ । विवाहपूर्व आज जानकी मंदिरबाट निस्किने माता सीताको डोला अर्थात बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला अर्थात बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा पुगेर मिलन हुनेगर्छ ।

पछिल्लो वर्षको तुलनामा यस वर्ष दर्शनार्थीहरुको संख्यामा उल्लेख्य मात्रामा वृद्धि हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको विश्वास छ ।

रामजानकी विवाहका लागि जनकपुरधाममा लाखौँ दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्