१ पुस, काठमाडौं ।तनहुँबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १८ जना घाइते भएकाछन्र ।
आइतबार बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।
मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।













