दाङमा टिप्परले मोटरसाइकललाई  ठक्कर दिँदा दुई किशोरको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० मंसिर ।दाङमा टिप्परले मोटरसाइकललाई  ठक्कर दिँदा दुई किशोरको मृत्यु भएको छ।  

गएराति १०:२० बजे  तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट  तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका – १० झारबैरा चोकमा ठक्कर दिएको थियो।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार प्यूठानको झिमरुक गाउँपालिका – ४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका – ६ लुङका १८ बर्षीय सागर केसीको मृत्यु उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्