पहिचानवादीहरुद्धारा आज र भोली प्रदेशभर यातायात बन्दको आह्वान

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, ३० म‌शिर ।पक्राउ परेका नेता, कार्यकर्ताहरुको रिहाईको माग गर्दे पहिचानवादीहरुले आज र भोली प्रदेशभर यातायात बन्दको आह्वान गरेका छन् । 

बन्द आह्वानले लामो दुरीको यातायातहरु पुर्णरुपमा ठप्प छ । धरानको भानुचोकस्थित बसपार्क क्षेत्रबाट लामो दुरीको सवारीसाधनहरु चलेको छैन । बन्दकर्ताहरु भानुचोक क्षेत्रमा केन्द्रीत भएर मुख्य चोक ठप्प बनाएका छन् । साना तथा निजी सवारीहरु भने निर्वाध चलेका छन् । 

यसबीच, धरानबाट ५ जना पहिचावादी बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । भानुचोक दक्षिण राजेश पेट्रोल पम्प क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुमा सुमन चेम्जाङ, शम्भु पृथक राई, हरि वान्तवा राई, सिताराम राई र करुण राई  छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्