एनएसएल फुटबलमा ललितपुर र झापाको गोलरहित बराबरीमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २९ । नेपाल सुपर लिग एनएसएल फुटबलमा ललितपुर सिटी र झापा एफसीले गोलरहित बराबरी खेलेका छन् ।

काठमाडौंको दशरथ रंगशालामा गोल गर्न पाएका मौका सदुपयोग गर्न नसक्दा ललितपुर र झापाले अंक बाँडेका हुन् । यो एनएसएलको ५०औं खेल हो । दुवैको यो चौथो बराबरी हो । बराबरीपछि ललितपुरले शीर्ष स्थानमा पुग्ने मौका गुमायो ।

६ खेलबाट १० अंकसहित ललितपुर दोस्रो स्थानमै यथावत छ । ६ खेलबाट ७ अंक जोडेको झापा पाँचौ स्थानमा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्