भोलि काठमाण्डौका विभिन्न ठाउँमा बिजुली आपूर्ति बन्द हुने

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, मंसिर २९ । नेपाल विद्युत् प्राधिकरणले भोलि काठमाण्डौका विभिन्न ठाउँमा बिजुली आपूर्ति बन्द गर्ने भएको छ ।

टेकुमा स्थित सबस्टेशनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाण्डौका विभिन्न ठाउँमा भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली आपूर्ति बन्द हुन प्राधिकरणले आज एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

टेकु सबस्टेशनबाट बिजुली आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म बिजुली आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ ।

त्यस्तै ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौद्ध, भोटाहिटी, असन, बाङ्गेमुढा, इन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, वसन्तपुर दरबार स्क्वायर, रवी भवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्