काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय भएको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको भए पनि उक्त समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सार्ने निर्णय भएको नेता निधिले बताए ।











