बाँकेमा जिपको ठक्करबाट प्रहरी जवानको मृत्यु

खबर बुक
  • ख-
  • ख+

२९ मंसिर, बाँके । बाँकेमा जिपको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ । एक जना सहायक हबल्दार गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोक नजिकै भे १ च ३४०७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा रुकुम पश्चिमको मुसीकोट घर भई कोहलपुरमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नारायण डाँगीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्