काठमाण्डौ महानगरपालिकाले आज २९औँ महानगर दिवस मनाउँदै

खबर बुक
  • ख-
  • ख+

२९ मंसिर काठमाडौं ।काठमाण्डौ महानगरपालिकाले आज २९औँ महानगर दिवस मनाउँदै छ ।

दिवसको मूल समारोह टुँडिखेलमा हुनेछ ।गएका वर्षहरुमा दिवसको मूल समारोह आयोजना गर्ने गरिएको ठाउँ वसन्तपुरमा यसपालि गाडी प्रवेशमा निषेध गरिएको छ भने ठूलो स्पीकर राखेर गरिने कार्यक्रम रोकेको महानगरले जनाएको छ ।

यसकारण यस वर्षको कार्यक्रम टुँडिखेलमा गर्न लागिएको मेयर बालेन्द्र शाहले बताउनु भएको छ ।महानगरपालिकाको कार्यक्रम सैनिक मञ्चमा हुन लागेको यो पहिलो पटक हो ।

कार्यक्रममा सांस्कृतिक झाँकीहरु प्रस्तुत हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्