कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

खबर बुक
  • ख-
  • ख+

२९ मंसिर काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १२ बजे पार्टी कार्यालय सानेपामा बस्ने पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक सम्बन्धमा छलफल हुने पौडेलले बताए।  बैठकमा आगामी पुस १६ देखि हुने भनिएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्