कञ्चनपुरमा महेन्द्रको सालिक राख्ने विषयमा विवाद भएपछि ७ दिनसम्मका लागि निषेधाज्ञा जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २८ । कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको सालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मतभेद देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आजदेखि ७ दिनसम्म लागू हुनेगरी भीमदत्त नगरपालिका-४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको सालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी आदेशअनुसार यो क्षेत्रमा ७ दिनसम्म ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने भएको छ ।

प्रजिअ अधिकारीका अनुसार संविधान चोक आसपासको क्षेत्रमा सालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनैतिक दलहरु बीच मतभिन्नता भै आएको सन्दर्भमाः सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्न निषेधाज्ञा लगाउनुपरेको बताएका छन् ।

संविधान चोकमा आज अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको सालिक स्थापना गर्ने तयारी थियो ।

तर कार्यक्रम सुरु हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्